सरकारले ६ महिनामा २४० अर्ब ऋण लिएर १८२ अर्ब तिर्यो, अब बाँकी ऋण २५ खर्ब ३६ अर्ब


सरकारले ६ महिनामा २४० अर्ब ऋण लिएर १८२ अर्ब तिर्यो, अब बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं :  चालु आर्थिक वर्षको ६ महिनामा १ खर्ब बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउन देखि पुससम्ममा सार्वजनिक ऋण १ खर्ब २ अर्ब ३ करोड रुपैयाँ थपिएको हो । योसँगै पुस मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ तिर्न बाँकी ऋण रहेको थियो । 

नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.४६ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जीडीपीको २१.६४ र बाह्य २२.८१ प्रतिशत छ । यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३४ अर्ब ७१ करोड रुपैयाँ तथा बाह्य ऋण भने १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा पुस मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.३१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.६८ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

Read More