अध्यादेशमार्फत लगानी सहजीकरण र सेवा प्रवाहमा सुधार हुने


अध्यादेशमार्फत लगानी सहजीकरण र सेवा प्रवाहमा सुधार हुने

काठमाडौं । सरकारद्वारा जारी अध्यादेशले गर्दा नेपाली आईटी कम्पनीले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रूपमा भित्र्याउन पाउने भएको छ ।

अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्यारा भएकाले नेपाली आईटी कम्पनीले विदेशमा लगानी गर्न पाउनेगरी अध्यादेश ल्याइएको सरकारको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने विश्वासका साथ अध्यादेश ल्याएको जनाएका छन् । भूमि, लगानी र सरकारी कामकाज सेवा प्रवाहसम्बन्धी अध्यादेशमा नीतिगत सुधार गरिएको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न विदेशी लगानी ऐन, कम्पनी ऐन अध्यादेशमार्फत संशोधन गरिएको छ ।

Read More