विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् ।
राष्ट्र बैंकको विवरणअनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो ।

