नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१” लागू गरेको छ। नेपाल सरकारले स्वीकृत गरेसँगै २०८१ साल माघ ३ गतेदेखि यो नियमावली लागू गरिएको धितोपत्र बोर्डले जनाएको छ।
यस नियमावलीअनुसार, न्यूनतम २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयरको सार्वजनिक निष्कासन गर्न सक्नेछन्। सार्वजनिक निष्कासन हुने शेयरको ५ प्रतिशत बिक्री प्रबन्धकले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गर्नु पर्नेछ र यी शेयरहरूलाई ३ वर्षसम्म बिक्री गर्न पाइनेछैन।




