आईपीओ निष्कासनका लागि बोर्डले दियो दुई कम्पनीलाई अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओ निष्कासनका लागि बोर्डले दियो दुई कम्पनीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले माघ ३ गते दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडलाई सर्वसाधारणमा आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले बाटो खुला गरेको हो ।

Read More