पुस महिनामा पाँच अर्ब रूपैयाँको विदेशी लगानी स्वीकृत


पुस महिनामा पाँच अर्ब रूपैयाँको विदेशी लगानी स्वीकृत

पुस महिनामा करिब पाँच अर्ब रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ।

उद्योग विभागका अनुसार अटोमेटिक रूट र प्रत्यक्ष रूपमा गरी ३५ परियोजनाको लागि चार अर्ब ९९ करोड ९१ लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरिएको हो।

यसमध्ये एक ठूलो उद्योग, एक मध्यम उद्योग र ३३ साना उद्योग रहेका छन्।

६ महिनाको अवधिमा भने ३५४ परियोजनाको लागि २५ अर्ब २७ करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ।

यी मध्ये ३४५ साना, ५ मझौला र ४ वटा ठूला उद्योग रहेका छन्।

Read More