एसएमई प्लेटफर्मको नियमावली आजदेखि लागू, कार्यान्वयनका लागि नेप्से र सीडीएससीलाई निर्देशन


एसएमई प्लेटफर्मको नियमावली आजदेखि लागू, कार्यान्वयनका लागि नेप्से र सीडीएससीलाई निर्देशन

काठमाडौं : नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ माघ ३ गतेबाट लागू हुने गरी जारी गरेको छ । साथै बोर्डले यस नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सीडीएस एन्ड क्लियरिङलाई समेत पत्राचार गरेको जनाएको छ ।  

साना तथा मझौला संगठित संस्था (एसएमई) प्लेटफर्म बनाएर आइपीओ जारी गर्न पाउने व्यवस्था लागू भएको छ । यस्ता संस्थामा अधिकतम २५ करोड रुपैयाँभन्दा बढी पुँजी हुन पाउने छैन । कम पुँजी भएका संस्थालाई पुँजी बजारमा बेग्लै प्रावधान राखेर भित्र्याउन लागिएको हो । यस्ता संस्थाले जारी गर्ने आइपीओमा कम्तिमा पनि ५ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

Read More