सुप्रिम सहकारी ठगी प्रकरण : रवि र छविसँग ८ करोड ४१ लाख रुपैयाँ बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै


सुप्रिम सहकारी ठगी प्रकरण :  रवि र छविसँग ८ करोड ४१ लाख रुपैयाँ बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

बुटवल — इलाका प्रहरी कार्यायले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको छ । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो । रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ । यसअघि प्रहरीले सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

Read More