सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो।
गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रूपैयाँले कमी आएको छ।

