भेरी करिडोरका लागि ४ अर्ब २० करोड स्रोत सुनिश्चित


भेरी करिडोरका लागि ४ अर्ब २० करोड स्रोत सुनिश्चित

डोल्पा : रणनैतिक महत्त्वको भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ । करिडोरअन्तर्गतको तल्नुबगरदेखि दुनैसम्मको सडकखण्ड स्तरोन्नतिका लागि चालु आर्थिक वर्षका लागि संघीय सरकार मातहतको अर्थ मन्त्रालयबाट ४ अर्ब २० करोड रुपैयाँ स्रोत सुनिश्चित भएको हो ।

उक्त बजेटबाट सडकलाई दुई लेनको बनाउन डबल कटिङ, कालोपत्रेलगायतको काम गरिने बताइएको छ । डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढाले लामो प्रयासबाट भेरी करिडोरमा बजेट व्यवस्थापन गर्न सफल भएको बताए । यसका लागि डोल्पाका सांसद, राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको सहयोग रहेको बताए । सांसद बुढाले बजेट व्यवस्थापनका लागि नेपाल सरकारलाई विशेष धन्यवाद दिएका छन् ।

Read More