६ महिनाको अवधिमा सरकारी खाता ९३ अर्बले घाटामा


६ महिनाको अवधिमा सरकारी खाता ९३ अर्बले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सरकारको सार्वजनिक खर्च र आम्दानीको अवस्थामा सुधार आउन सकेको छैन । विगतका वर्षजस्तै यो वर्ष पनि सरकारको खाता घाटामा छ । ६ महिनाको अवधिमा मात्रै सरकारी खाता ९३ अर्बले घाटामा गएको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउन–पुस अर्थात् यो आवको ६ महिनाको अवधिमा सरकारले कर, गैरराजस्व कर र अनुदान गरेर कुल आम्दानी ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख गरेको छ । यस अवधिमा सरकारलाई वैदेशिक अनुदानबापत ७ अर्ब ३७ करोड ६ लाख रुपैयाँ प्राप्त भएको छ । यो आवमा सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ अनुदानको लक्ष्य राखेको छ । 

Read More