चालू आवको पाँच महीनामा वाणिज्य बैंकहरूले कमाए ३० अर्ब भन्दा बढी नाफा, सबैभन्दा अगाडि नबिल बैंक


चालू आवको पाँच महीनामा वाणिज्य बैंकहरूले कमाए ३० अर्ब भन्दा बढी नाफा, सबैभन्दा अगाडि नबिल बैंक

काठमाडौं । चालू आवको पाँच महिनामा वाणिज्य बैंकहरूले कुल रू. ३० अर्ब २४ करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार  वाणिज्य बैंकहरूले मंसिर महिनासम्म सो बराबरको नाफा कमाएका हुन् ।

अघिल्लो आवको पाँच महिनामा बैंकहरूले कुल रू. २८ अर्ब ३६ करोड नाफा कमाएका थिए । यो आधारमा हेर्दा यस वर्षको नाफा ६ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । चालू आवको पाँच महीना अर्थात मंसिर मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले मङ्सिर मसान्तसम्ममा रू. ३ अर्ब ४९ करोड भन्दा बढी नाफा कमाएको छ ।  यो नाफा गत आवको तुलनामा १७ दशमलव ७८ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. २ अर्ब ९६ करोड नाफा कमाएको थियो । 

Read More