नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै ८४ वटा कम्पनी पाइपलाइनमा रहेका छन्।
यी ८४ कम्पनीले ५१ अर्ब ५१ करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डको अनुमति पर्खिरहेका हुन्।
अहिले धितोपत्र बोर्डका ४३ वटा जलविद्युत कम्पनीले १८ अर्ब ४० करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति मागिरहेका छन्।
अहिले नै नेप्सेमा यो जलविद्युतका कम्पनीको संख्या सबैभन्दा धेरै छ।
नेप्सेमा अहिले ९१ वटा जलविद्युत कम्पनीको सेयर कारोबार भइरहेको छ। यी कम्पनीको सेयर मूल्य एक सय ९६ देखि दुई हजार चार सय ९० रूपैयाँसम्मका कारोबार भइरहेका छन्।


