बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार, ३ महिनामै राष्ट्र बैंकले प्रशोचन गर्यो १२ खर्ब बढी तरलता


बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार, ३ महिनामै राष्ट्र बैंकले प्रशोचन गर्यो १२ खर्ब बढी तरलता

कर्जाको माग नभएकाले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा करिब ६७ खर्ब रुपैयाँ निक्षेप देखिन्छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ६६ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाह उल्लेख्य बढ्न सकेको छैन । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।

Read More