पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत


पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत

काठमाडौँ । पुस मसान्तमा निष्क्रिय कर्जाको दबाब बढ्ने अनुमानबिच बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले राहत दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा चालु पुँजी कर्जासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै यस्तो राहत दिएको हो । 

एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएको व्यवस्था संशोधन गर्दै भेरियन्ससम्बन्धी व्यवस्थालाई २०८२ साउन १ देखि लागु हुने व्यवस्था गरेको हो । निर्देशनमा भनिएको छ, ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालु पुँजी प्रकृतिका कर्जाहरूलाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्रै नवीकरण गर्न पाइनेछ । मार्गदर्शन पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । तर, चालु ‘पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ को बुँदा नम्बर ७ मा भएको भेरिएसनसम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदेखि मात्रै लागु हुनेछ ।’ 

Read More