६ महिनामा १६ प्रतिशत मात्र विकास खर्च


६ महिनामा १६ प्रतिशत मात्र विकास खर्च

काठमाडौं : आधा वर्ष बितिसक्दा पनि सरकारले विकास खर्चको गति बढाउन सकेको छैन। जम्मा १६.१६ प्रतिशतमात्रै विकास खर्च भएको छ। गत वर्ष पनि ६ महिनाको अवधिमा विकास खर्चमा छुट्ट्याएको कुल बजेटको १६ प्रतिशत हाराहारीमात्रै खर्च भएको थियो। अहिले पनि हविगत उस्तै छ। कछुवाको गतिमा विकास खर्च हुँदा मुलुकले विकास निर्माणमा फड्को मार्न सकेको छैन। समग्र अर्थतन्त्रको चेनमा समेत प्रभाव पारेको छ। 

चालु आवको ६ महिनासम्म सरकारले विकास निर्माणको काममा कुल विनियोजित बजेटमध्ये ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ। जुन, १६.१६ प्रतिशतमात्रै हो। जबकि सरकारले चालु आवमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको छ। यसअघि सरकारले प्रत्येक वर्ष विकास (पुँजीगत) खर्चमा सुस्तता गरेको भन्दै लक्ष्यभन्दा न्यून खर्च गर्दै आएको थियो। 

Read More