गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ तोकियो


गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ तोकियो

काठमाडौँ — सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७.३८ रुपैयाँ निर्धारण गरेको छ  । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले गत वर्षभन्दा प्रतिक्विन्टल २१७.२४ रुपैयाँ बढाएर मूल्य तोकेको हो ।

२०८० पुसमा गहुँको प्रतिक्विन्टल मूल्य ३ हजार ६ सय ५०.१४ रुपैयाँ निर्धारण भएको थियो । २०७९ मा प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गरिएको थियो ।

Read More