काठमाडौं : आइपीओ निष्कासनको तयारीमा रहेको गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी लिमिटेडको गत वर्ष (सन् २०२४) मा २ करोड ३० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीले उक्त रकम बराबर आम्दानी गरेको जनाएको छ ।
गाउँघर उज्यालो साना हाइड्रोपावरले सिन्धुपाल्चोक जिल्ला अवस्थित ०.९७० मेगावाटको घट्टे खोला साना हाइड्रोपावर परियोजना सञ्चालन गर्दैछ । यो परियोजना जुलाई २९, २०२३ बाट व्यावसायिक सञ्चालनमा आएको हो । यस परियोजनाको लागत तुलनात्मक रुपमा उच्च छ । यसको निर्माणको कुल खर्च २४ करोड रुपैयाँ रहेको छ ।





