काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ बढी रकम उखु किसानलाई अनुदान दिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८०/०८१ सम्ममा ४ अर्ब ७ करोड २४ लाख २१ हजार रुपैयाँ उखु किसानलाई अनुदान स्वरूप रकम वितरण गरेको हो । सो रकम २ लाख ७४ हजार ५ सय ७७ किसानलाई रकम दिएको मन्त्रालयको दाबी छ ।


