पुसको अन्तिम दिन करिब चार दर्जन कम्पनीको साधारण सभा एकै दिन, लगानीकर्तालाई भ्याइनभ्याई हुने


पुसको अन्तिम दिन करिब चार दर्जन कम्पनीको साधारण सभा एकै दिन, लगानीकर्तालाई भ्याइनभ्याई हुने

काठमाडौं । पुस मसान्त सकिन लाग्दा कम्पनीहरूलाई वार्षिक साधारण सभा सम्पन्न गर्न निकै चटारो रहेको छ । पुसको अन्तिम दिन २९ गते मात्र करिब चार दर्जन सूचीकृत कम्पनीहरूले वार्षिक साधारण सभा आव्हान गरेका छन् । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये एकै दिन १७ प्रतिशतभन्दा बढी कम्पनीले वार्षिक साधारण सभा पुसको अन्तिम दिन बोलाएका हुन । सूचीकृत कम्पनीहरूले जारी गरेको सूचनाका आधारमा १५० भन्दा बढी कम्पनीले पुस २४ गतेदेखि २९ गतेसम्म साधारण सभा आव्हान गरेको तथ्यांक छ । कम्पनी ऐन २०६३, को व्यवस्था अनुसार पब्लिक कम्पनीका रुपमा स्थापना भएका कम्पनीहरूले पहिलो वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम अधिकांश कम्पनीहरूले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न लागेका हुन । पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरूले जरिवाना समेत तिर्नुपर्ने अवस्था हुन्छ । यो अवस्थाबाट बच्न र सूचीकृत कम्पनीहरू खराब बर्गमा नपर्न पुस मसान्तभित्रै साधारण सभा सक्न लागिपरेका हुन । 

Read More