चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १७ अर्ब ८५ करोड २० लाख मार्जिन कर्जा गएको छ । बैकिङ प्रणालीको कर्जा वृद्धि दर ३.२ प्रतिशत मात्रै रहँदा मार्जिन कर्जा समूहको कर्जाको वृद्धि दर भने १९ दशदमलब ८ प्रतिशत रहेको छ ।
चालु आवको मंसीर मसान्तसम्मको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा १ खर्ब ६३ अर्ब ७ करोड २० लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् जसमा मार्जिन कर्जा मात्रै १७ अर्ब ८५ करोड २० लाख रुपैयाँको गएको छ । गत असार मसान्तमा ५१ खर्ब ६७ अर्ब १७ करोड ३० लाख रुपैयाँको कर्जा रहेकोमा मंसीर मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको कर्जा रकम ३.२ प्रतिशतले वृद्धि भएर ५३ खर्ब ३० अर्ब २४ करोड ५१ लाख रुपैयाँ सिमित भएको छ ।
नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई मार्जिन कर्जामा लाग्ने कर्जाको सीमा हटाएपछि मार्जिन कर्जाको माग विस्तारै बढ्न थालेको हो । समग्र कर्जा वृद्धि दशमलब ३.२ प्रतिशतले मात्रै हुँदा पनि मार्जिन कर्जा भने १९.८ प्रतिशतले बढेको छ भने त्यसमा पनि ठूलो मार्जिन कर्जाको वृद्धिदर झन अधिक देखिन्छ ।


