नेपाल टेलिकमको ३० प्रतिशत लाभांश पारित, खातामा पनि आजै जम्मा


नेपाल टेलिकमको ३० प्रतिशत लाभांश पारित, खातामा पनि आजै जम्मा

नेपाल टेलिकमको १७औं वार्षिक साधारणसभा आज (आइतबार) सम्पन्न भएको छ।

राष्ट्रिय सभा गृह काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०-८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रूपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

उक्त सभाले आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ।

Read More