२७ पुस, काठमाडौं । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले प्रिमियमलाई प्रगतिशील बनाई ७ देखि १५ हजारसम्म बनाउन सुझाव दिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा हाल भइरहेको प्रिमियमलाई बढाएर थैलीको दायरा फराकिलो बनाउने उद्देश्यले उक्त प्रस्ताव गरिएको हो । प्रतिवेदनले स्वास्थ्य बीमा प्रिमियमको योगदान आम्दानीमा आधारित बनाउन समेत सुझाव दिएको छ ।


