पाँच वर्षमा कृषि मन्त्रालयबाट एक खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह


पाँच वर्षमा कृषि मन्त्रालयबाट एक खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको बताएका छन्।

मन्त्री अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गरेका हुन्। 

उनकाअनुसार यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन्। त्यसमध्ये प्रत्यक्षतर्फ (यस मन्त्रालयअन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी,  कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान) कृषि सहकारी र समूहले लगेको २० अर्ब ३० करोड ३० लाख  १४ हजार रुपैयाँ रहेको छ।

Read More