जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध ४ करोड २५ लाखको भ्रष्टाचार मुद्दा


जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध ४ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।  आयोगले जलस्रोत तथा सिंचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्ण कुमार श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर  गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार श्रेष्ठले सार्वजनिक पदमा रहँदा आफ्नो पदीय हैसियतको दुरूपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको बताए।

प्रवक्ता घिमिरेका अनुसार श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६/०३/३० देखि २०७७/०३/३१ सम्म १६ करोड १३ लाख ५५ हजार ५२८ रुपैयाँ खर्च तथा लगानी गरेकोमा ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ बराबरको खर्च तथा लगानको स्रोत नखुलेको हुँदा सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

Read More