केही ब्रोकरको टीएमएसमा समस्या, सेयर कारोबार गर्नबाट लगानीकर्ता बञ्चित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
केही ब्रोकरको टीएमएसमा समस्या, सेयर कारोबार गर्नबाट लगानीकर्ता बञ्चित

काठमाडौं : केही ब्रोकरहरुको टीएमएसमा समस्या देखिएको छ । करिब सवा १२ बजेदेखि टीएमएसमा समस्या देखिएको हो । जसकारण लगानीकर्ताले कारोबार गर्न पाइरहेका छैनन् । अहिले समस्याको समाधान गर्ने तयारीमा सरोकारवालाहरु लागेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पाराजुलीले केही ब्रोकरमा समस्या आएको जानकारी प्राप्त भएको बताए । ‘केही ब्रोकरको टीएमएसमा समस्या आएको छ भन्ने जानकारी प्राप्त भएको छ’ उनले भने, ‘के कारणले समस्या आएको हो भन्ने पहिचान गर्न सरोकारवाला ब्रोकरहरुसँग सोध्ने काम नेप्सेले गरिरहेको छ ।’ टीएमएस नचल्दा लगानीकर्ता भने सेयर किनबेच गर्नबाट बञ्चित भएका छन् । 

Read More