नेपाली आईटी कम्पनीलाई अब विदेशमा लगानी सुविधा


नेपाली आईटी कम्पनीलाई अब विदेशमा लगानी सुविधा

काठमाडौँ — नेपालका सूचना प्रविधि क्षेत्रमा क्रियाशील उद्यमीहरूले विदेशमा शाखा कार्यालय खोल्न वा लगानी गर्न पाउनुपर्ने लामो समयदेखिको माग सरकारले सम्बोधन गरेको छ । पुस २६ मा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा शाखा कार्यालय स्थापना गर्न, लगानी गर्न र त्यहाँबाट आर्जित आम्दानीलाई स्वदेश भित्र्याउन सक्ने कानुनी आधार तयार गरेको हो ।

सरकारले आईटी क्षेत्रमा कार्यरत नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस्तो निर्णय अघि सारेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सामाजिक सञ्जाल पोस्टमार्फत नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूले भोग्दै आएका केही कानुनी अप्ठ्यारा समाधान गर्न खोजेको उल्लेख गरे ।

Read More