राजस्व प्रशासनले पर्खिएको पुस मसान्त, एकै महिनामा एक खर्ब ७८ अर्ब कर उठाउने लक्ष्य


राजस्व प्रशासनले पर्खिएको पुस मसान्त, एकै महिनामा एक खर्ब ७८ अर्ब कर उठाउने लक्ष्य

सरकारले पछिल्ला वर्षहरूमा लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन।

चालु वर्षमा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा सुधार देखिएको छ। पुस महिनामा सबैभन्दा बढी राजस्व संकलन हुने गर्छ। यही महिनालाई केन्द्रित गरेर राजस्व प्रशासनले काम गरेको छ।

'सबैभन्दा बढी राजस्व पुस महिनामा उठ्छ, यो महिना हामीले अपेक्षाअनुसारको राजस्व उठाउन सक्यौ भने वार्षिक लक्ष्य नजिक पुगिने छ,' अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

पुस महिनामा मात्रै एक खर्ब ७८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। यो आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रूपैयाँको राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको छ। जसमध्ये मंसिर मसान्तसम्म तीन खर्ब ९९ अर्ब रूपैयाँ संकलन भएको छ।

Read More