काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति पाएको छ ।
कम्पनीलाई पुस २५ गते आइपीओ निष्कासन गर्न सेबोनले अनुमति दिएको हो ।
आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।





