नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया र नेप्से पुनर्संरचना सँगसँगै अघि बढ्छ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया र नेप्से पुनर्संरचना सँगसँगै अघि बढ्छ

सन्तोषनारायण श्रेष्ठ नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्त भएको डेढ महिना भएको छ । करिब एक वर्ष नेतृत्वविहीन सेबोनमा नियुक्त भएर आएलगत्तै सरकारले नयाँ स्टक एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाउन र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्ने निर्णय गरेको छ । नयाँ स्टक एक्सचेन्ज, नयाँ साधारण सेयरलाई स्वीकृति एवं लगानीकर्ताको हित लगायत विषयमा श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित विचार :

एक साताभित्रै आईपीओ स्वीकृति सुरु हुन्छ

आईपीओ नयाँ लगानीकर्तालाई लगानी अवसर र कम्पनीका लागि पूँजी संकलनको बजार हो । नयाँ कम्पनीलाई आईपीओ निष्कासन स्वीकृति दिने विषय बोर्डको नियमित कार्य हो । मैले अध्यक्षको कार्यभार सम्हाल्ने बित्तिकै यसबारे परामर्श गरिसकेको छु ।

Read More