होला त १० वर्षमा २८,५०० मेगावाट उत्पादन ?


होला त १० वर्षमा  २८,५०० मेगावाट उत्पादन ?

 काठमाडौं : आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित सरकारले ऊर्जाको मार्गचित्र सार्वजनिक गरेको छ । मंगलबारको मन्त्रिपरिषद्द्वारा पारित उक्त मार्गचित्र ऊर्जामन्त्री दीपक खड्काले बिहीबार सार्वजनिक गरेका हुन् ।

सन् २०३५ भित्र विद्युत् जडित क्षमता २८ हजार ५ सय मेगावाट पु¥याउनेदेखि, प्रसारण लाइनको विस्तार र सबस्टेसनको क्षमता बढाउने खाका प्रस्तुत गरिएको छ । यसका लागि करिब ६१ खर्ब बजेट आवश्यक पर्ने अनुमान छ । सरकार, निजी क्षेत्र, सर्वसाधारण, वैदेशिक लगानी, गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा गएका नेपालीको पुँजीबाट यो ‘महत्वकांक्षी योजना’ पूरा गर्ने सरकारको भनाइ छ । २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनबाट सरकारलाई ८८ अर्ब राजस्व प्राप्त हुनेछ । यस्तै, विद्युत् बिक्रीवापत उत्पादकले करिब ३९ अर्ब र विद्युत् खरिद–बिक्री वापत विद्युत् प्राधिकरणले २६ अर्ब रुपैयाँ प्राप्त गर्ने सरकारको भनाइ छ । 

Read More