पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना


पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना

पर्वत, पौष २६ गते । पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।

करिब सात महिना पहिलेदेखि प्रशोधन केन्द्र स्थापनाको काम थालेको कम्पनीले भौतिक संरचना निर्माण तथा प्राविधिक कार्य पुरा गरी अबको केही हप्ता भित्रमा नै प्रशोधन कार्य गर्ने जनाएको छ । कम्पनीको स्थानीय प्रतिनिधि दीपेन्द्र बहादुर भण्डारीका अनुसार कम्पनीले म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जा लगायतका जिल्लाहरूबाट गैहकाष्ठ वनपैदावर अन्तर्गत पर्ने चुत्रोको सङ्कलन गरिने छ । चुत्रोको जरा, हाँगा र डाँठ ल्याएसँगै प्रशोधनको काम हुन्छ । प्रशोधित गरी पठाइएको धुलोको औषधीजन्य पदार्थमा मिश्रण गरी पेनकिलर, सुगर रोग लगायतको औषधि बनाइने बताइएको छ । 

Read More