रवि लामिछाने र छविलाल जोशी सहित सातै जनालाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश


रवि लामिछाने र छविलाल जोशी सहित सातै जनालाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश  दिएको छ । त्यस्तै, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने भने अवस्था छैन । रुपन्देही, काठमाण्डौ, चितवन र सिराहा जिल्ला अदालतमा पनि पक्राउ पूर्जी जारी भएकोले उनलाई ती जिल्लाहरुमा लैजाने सम्भावना रहेको छ ।

Read More