सन् २०२३ मा अमेरिकामा पाँच वटा बैंक धराशायी भए।
सिग्नेचर बैंक, सिलिकन भ्याली बैंक, फर्स्ट रिपब्लिक बैंक, हर्टल्याण्ड ट्राइस्टेट बैंक र सिटिजन्स बैंक धराशायी भएका थिए।
यीमध्ये धेरैजसो बैंक क्षेत्रीयस्तरका भए पनि ठूला बैंक हुन्।
सरकारी ऋणपत्रमा यी बैंकहरूको लगानी उच्च भएको कारण समेत यी बैंकले सहजै पुँजीलाई तरलतामा परिवर्तन गर्न नसकेकोले पनि पैसा माग्न आउने ग्राहकलाई दिन नसक्दा समस्यामा परेको बताइन्छ।
कोभिडमा सर्वसाधारणले खर्चमा गरेको कटौती र सरकारले पैसा नै बाँड्ने गरेर ल्याएको क्वाटिटेटिभ इजिङ कार्यक्रमको कारण बैंकहरूमा राखिने रकम उच्च दरमा बढ्दै गयो। बैंकहरूले यसरी पैसा थप्रिएपछि कम ब्याजका सरकारी ऋणपत्रमा लगानी बढाउँदै लगे। सन् २०२१ को अन्त्यमा मात्रै अमेरिकी बैंकहरूले दुई प्रतिशतभन्दा कम ब्याजका ऋणपत्रमा गरेको लगानी ४० खर्ब डलर पुगेको थियो।


