क्यासिनोमा कडाइ गर्दै सरकार, चुक्ता पुँजी दोब्बर, नवीकरण शुल्क ३० गुणासम्म


क्यासिनोमा कडाइ गर्दै सरकार, चुक्ता पुँजी दोब्बर, नवीकरण शुल्क ३० गुणासम्म

काठमाडौँ । झण्डै ११ वर्षपछि सरकारले क्यासिनो नियमावली परिमार्जनको तयारी गरेको छ । क्यासिनो सञ्चालन, नवीकरण तथा नियमनसम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै पर्यटन विभागले क्यासिनो (व्यवस्थापन तथा सञ्चालन) नियमावलीको मस्यौदा तयार गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको उक्त मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने छ ।

अहिले क्यासिनो सञ्चालन तथा व्यवस्थापन नियमावली २०७० कार्यान्वयनमा छ । उक्त नियमावली पछिल्लो पटक २०७६ सालमा संशोधन गरिएको थियो । करिब ११ वर्षपछि नयाँ नियमावली ल्याउन लागिएको पर्यटन विभागको होटल तथा क्यासिनो हेर्ने शाखाका निर्देशक लिलाधर अवस्थीको भनाइ छ ।

Read More