चालु आवको त्रैमासिक आर्थिक वृद्धि ३.४ प्रतिशत


चालु आवको त्रैमासिक आर्थिक वृद्धि ३.४ प्रतिशत

काठमाडौँ, पुस २५ गते ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धिदर (जिडिपी) ३.४ प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक असरले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आव २०८१/८२ का लागि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा ३.४ प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । 

Read More