संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो परियोजनाको प्रवेश मार्गको मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नौ सय मेगावटको जिम्मा पाएको भारतिय सतलज जलविद्युत निगमले अरुण तेस्रो प्रवेश मार्ग पिडित संघर्ष समिति विरुद्ध हालेको मुद्धाको सुनुवाई गर्दै सर्वाेच्च अदालतले एक महिना भित्र तत्काल मुआब्जा वितरण गर्न आदेश दिएको हो । अरुण तेस्रो प्रवेश मार्ग (छ्याङ्कुटी–पुखुवा) को जग्गाको मुआब्जा नपाएका जग्गाधनीहरुले बर्षाैदेखि मुआब्जा रकमको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
सर्वोच्च अदालतले छयाङकुटी–दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) छुट मुआब्जा वितरण गर्न आदेश गरेको अरुण तेस्रो प्रवेश मार्ग केन्दीय सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले जानकारी दिए । अरुण तेस्रो प्रवेश मार्ग केन्दीय सङ्घर्ष समितिले आज प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कालाई सर्बोच्चको फैसला कार्यनोयनको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।


