पाल्पा — असिना पानीले फूल खेल्दै गरेका सुन्तलालाई असर पुगे पनि यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ बराबरको सुन्तलाको कारोबार भएको छ । गत वर्ष भने सुन्तला बिक्रीबाट ४६ करोड ७ लाख ७२ रुपैयाँको कारोबार भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन हुने क्षेत्रफल बढेको छ भने किसानले मूल्य पनि बढी पाएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ करोड ६९ लाख १२ हजार बढीको सुन्तला बिक्री हुने निमित्त प्रमुख चौधरीले बताए । पाल्पामा दुई वर्षअघि भने ४३ करोड ३५ लाखको सुन्तलाको कारोबार भएको थियो ।

