पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धि, निर्माण क्षेत्र ऋणात्मक


पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धि, निर्माण क्षेत्र ऋणात्मक

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ३.४ प्रतिशत आर्थिक वृद्धि रहने प्रारम्भिक अनुमान गरेको हो ।

उक्त अवधिमा निर्माण क्षेत्र ऋणात्मक र अन्य केही क्षेत्रको विस्तारमा संकुचन आउने प्रक्षेपण छ ।

Read More