दोहोरो अंकको आर्थिक वृद्धि हुनेमा आशंका


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोहोरो अंकको आर्थिक वृद्धि हुनेमा आशंका

आईआईडीएसको प्रतिवेदनले मूल्यवृद्धि ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

पूर्वअर्थमन्त्रीहरूले सरकार दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न चुकेको दाबी गरेका छन् । पूर्वअर्थमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको बताए । 
इन्स्टिच्यूट फर इन्टिग्रेडेड डेभलपमेण्ट स्टडिज (आइआइडीएस)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा डा. भट्टराईले सरकारले मुलुकको दीगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक वृद्धि हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको बताए । उनले आर्थिक विकासलाई सरकारले मूल एजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दाबी गरे । आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालका दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन सक्ने उनको भनाइ थियो ।
पूर्वअर्थमन्त्री एवम् सत्तारुढ नेकपाका नेता सुरेन्द्र पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकासको लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन नसकेको दाबी गरे । राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दीगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो । पूर्व अर्थमन्त्री पाण्डेले दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्नेभन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढ्न सरकारलाई सुझाव दिए ।
यस्तै, पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजनासमेत तय गर्न नसकेको आरोप लगाए । मुलुकको दीगो आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो । 
दुईतिहाइको सरकारले चार वर्षभित्र दोहोरो दरको आर्थिक बृद्धिदर पुर्याउने दाबी गरेको छ । साथै २०७९÷८० सम्म ११ प्रतिशत आर्थिक वृद्धिदर पु-याउने लक्ष्यसमेत राखेको छ ।

आर्थिक वृद्धिद्धर ६ प्रतिशतमात्रै

...

Read More
  • MBL - below news