सरकारले तोक्छ धानको मूल्य, त्यही पनि पाउँदैनन् किसान


सरकारले तोक्छ धानको मूल्य, त्यही पनि पाउँदैनन् किसान

टीकापुर : सरकारले असार २० गते धानको समर्थन मूल्य तोक्यो। मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यमको मूल्यप्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गर्‍यो। यो समाचार सुनेर कैलाली लम्कीचुहा–४ बलियाका देवी चौधरी निकै खुसी भए। झन्डै ८ बिघामा धानखेती गरेका चौधरी यसपटक राम्रै कमाई हुने आशामा थिए। खाद्य व्यापारीले प्रतिक्विन्टल ३ हजार १ सयमा धान खरिद गरिरहेका बेला सरकारले त्योभन्दा बढी समर्थन मूल्य तोकिदिएपछि चौधरीसहितका किसान खुसी नहुने कुरै थिएन। 

सरकारले धानको समर्थन मूल्य त तोकिदियो। तर, त्यसअनुसार चौधरीको धान किनिदिने सरकारी संस्थानजिक भएनन्। खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडको धान खरिद केन्द्रनजिक नहुँदा चौधरीले निजी फर्मलाई धान बेच्नुपर्‍यो, त्यो पनि सरकारले तोकेको भन्दा निकै कम अर्थात् प्रतिक्विन्टल २ सय रुपैयाँभन्दा सस्तोमा। त्यति मात्र होइन, राम्रै मूल्य पाउने आशामा झन्डै दुई महिनासम्म घरमै धान राख्दा उल्टै ‘घाटा’ भएको चौधरीले बताए। ‘सरकारले समर्थन मूल्य तोकेको समाचार सुनेर दंग परें,’ चौधरीले भने, ‘संस्थानको धान खरिद केन्द्रनजिक थिएनन्। 

Read More