साढे ४ खर्बको मुगु कर्णाली जलविद्युत् आयोजना बनाउन चौधरी समूहको मात्र आवेदन


साढे ४ खर्बको मुगु कर्णाली जलविद्युत् आयोजना बनाउन चौधरी समूहको मात्र आवेदन

काठमाडौं । एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न बन्ने कम्पनीमा ५१ प्रतिशत शेयर स्वामित्व लिन चौधरीसमूह मात्र अघि सरेको छ । 

विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त परियोजना सार्वजनिक–निजी साझेदारीअनुसार विकास गर्न ५१ प्रतिशत शेयर स्वामित्व लिन पहिलो चरणमा नेपाली नागरिक र नेपाली नागरिक प्रवद्र्धक रहेको कम्पनी वा संगठित संस्थासँग प्रस्ताव माग गरेकोमा चौधरी समूहअन्तर्गतको सीजी इनर्गो प्रालिले मात्र आवेदन दिएको छ । 

Read More