काठमाडौँ । सरकारले आर्थिक चलखेलका आधारमा नयाँ स्टक एक्सचेन्जको अनुमति पत्र दिने तयारी गरेकाले त्यस सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी कृष्णबहादुर थापा मगरले पुस २३ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
उनले संवैधानिक इजलासमा रिट दर्ता गरेको र पेशी बुधबार वा शुक्रबार मध्ये एक दिन तोक्ने तयारी अदालतले गरेको छ ।


