सहकारीको रकम हिनामिना : रुकुमपश्चिममा सरकारको समेत करिब दुई करोड डुब्यो


सहकारीको रकम हिनामिना : रुकुमपश्चिममा सरकारको समेत करिब दुई करोड डुब्यो

रुकुमपश्चिम : आठबिसकोट नगरपालिका- ९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि सहकारीनै बन्द भएको छ ।  

यो सहकारीले बचतकर्ताको करिब पाँच लाख र आठबिसकोट नगरपालिकालाई एक करोड ७२ लाख रुपैयाँ फिर्ता गर्न नसकेपछि बन्दको अवस्थामा पुगेको हो । सहकारीले बचत र कर्जा फिर्ता नगरेको भन्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी परेपछि नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

वडा नम्बर १ का वडा अध्यक्ष देवबहादुर घर्तीको संयोजकत्वमा गठित छानबिन समितिले दैनिक तथा मासिक बचतकर्ता र नगरपालिकाबाट लिएको कर्जा फिर्ता गर्न नसकेको जनाएको छ । छानबिन समितिका संयोजक घर्तीका अनुसार सहकारीले नगरपालिकाबाट लिएको एक करोड ७२ लाख पाँच हजार रुपैयाँ फिर्ता गर्न नसकेको हो ।

Read More