काठमाडौं उपत्यकासहित देशभर भूकम्पको धक्का, केन्द्रविन्दु चीनको तिब्बत


काठमाडौं उपत्यकासहित देशभर भूकम्पको धक्का, केन्द्रविन्दु चीनको तिब्बत

काठमाडौं । मंगलबार बिहान ६:५१ बजे नेपालका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ। खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतस्थित दिंगे कान्टी रहेको छ।

भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको विभागले जानकारी दिएको छ। यसले काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा धक्का दिएको छ। स्थानीयवासी त्रसित बनेका छन् भने सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको छ।

यस भूकम्पले कुनै मानवीय वा भौतिक क्षति पुर्याएको हो या होइन भन्ने विवरण आउन बाँकी छ। भूकम्पका समयमा सुरक्षित रहनका लागि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

#भूकम्प #सुरक्षितरहनुहोस् #EarthquakeUpdate