काठमाडौं । सर्वोच्च अदालतले चेक बाउन्स (चेक अनादर)सम्बन्धी मुद्दाको प्रतिवादीलाई जेलमा राख्दा सरकारले नै थुना खर्च बेहोर्नुपर्ने फैसला गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सरकारले नै बेहोर्नुपर्ने फैसला गरेको हो । बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालत पुगेको चेक अनादरसम्बन्धी एक मुद्दामा सर्वोच्चले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा उक्त कुरा उल्लेख गरिएको छ । उक्त मुद्दामा सर्वोच्चले गत असोज १४ गते फैसला गरेको थियो ।


