बन्दीपुर केवलकार आजदेखि पुनः सञ्चालनमा


बन्दीपुर केवलकार आजदेखि पुनः सञ्चालनमा

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि केवलकार सेवा पुनः सञ्चालनमा ल्याएको छ। शनिबार र आइतबार दुई दिन मर्मत तथा विद्युतीय सामग्रीको स्तरोन्नतिको लागि सेवा बन्द गरिएको थियो। आवश्यक मर्मत कार्य सकिएपछि आजबाट सेवा सुचारु भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नियमित जाँच र सर्भिसिङ्ग पूरा गरी केवलकारलाई सुरक्षित र प्रभावकारी बनाउन काम गरिएको छ। यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सञ्चालन गरिएको जानकारी दिइएको छ।

"हामी यात्रुहरूको सेवा निरन्तर सुरक्षित र विश्वसनीय बनाउन प्रतिबद्ध छौं," कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ। बन्दीपुर केवलकार सेवा पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात बन्दीपुर आउने यात्रुहरूको प्रमुख आकर्षण मानिन्छ।

सेवाको गुणस्तर र यात्रुहरूको सुविधाका लागि कम्पनीले नियमित स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको छ।