सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी


सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरु चिर्न सहकारीहरुले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन । उनले सहकारीबारे फैलाइएका हल्लाहरु मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताए ।

सबै सहकारीहरु एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरुले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले छिमेकी मुलुकहरुले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको बताए ।

Read More