बजेट खर्च र स्रोत व्यवस्थापनमा थप सक्षम हुन आवश्‍यक छ : अर्थमन्त्री पौडेल


बजेट खर्च र स्रोत व्यवस्थापनमा थप सक्षम हुन आवश्‍यक छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट खर्च र स्रोत व्यवस्थापनका काम कमजोर देखिएको बताएका छन्।

सरकारले गरेको सार्वजनिक वित्त व्यवस्थापन रणनीति सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले राजस्व संकलन, खर्च व्यवस्थापन र ऋण प्रणालीलाई प्रभावकारी बनाउँदै स्रोत परिचालनमा राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

नेपालको वित्तीय व्यवस्थापनलाई संघीय संरचनाअनुसार सुदृढ गर्दै समाजवादको लक्ष्यतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।

अर्थमन्त्री पौडेलले राजस्वले चालु खर्च धान्न समेत मुस्किल भएको भन्दै स्रोत व्यवसथापनलाई प्रभावकारी बनाउनु पर्ने बताए।

Read More