कारबाही तथा अवैध क्रियाकलाप रोकथाम अभियानबाट प्रहरीले उठायो २ अर्ब २४ करोड बढी राजस्व


कारबाही तथा अवैध क्रियाकलाप रोकथाम अभियानबाट प्रहरीले उठायो २ अर्ब २४ करोड बढी राजस्व

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए। 

Read More